×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सकियो प्यानको ‘प्यारप्यार’ : एकपटकमा रु. ५ लाखभन्दा कम सेयर कारोबार गर्नेलाई प्यान नम्बर ऐच्छिक !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

सकियो प्यानको ‘प्यारप्यार’ : एकपटकमा रु. ५ लाखभन्दा कम सेयर कारोबार गर्नेलाई प्यान नम्बर ऐच्छिक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लामो समयदेखि चलिरहेको प्यानको ‘प्यारप्यार’ बन्द हुने भएको छ । धितोपत्र बोर्डले  एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताका लागि मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने र सो भन्दा कम कारोबार गर्नेलाई एच्छिक हुने बताएसँगै प्यानको प्यारप्यार अब बन्द हुने भएको हो ।
बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै  भनेको छ, ‘बि.सं. २०७६ बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा रु.५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको छ ।’ 
हेर्नुहोस् बिज्ञप्तिको पूर्ण पाठ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: