प्रभु बैंकको नयाँ शाखा झापा र मोरङमा, जनकराज दाहाल र खड्ग फागोले गरे उद्घाटन

 मोरङ
काठमाडौँ - प्रभु बैंक लिमिटेडले झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार एकसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

चन्द्रगढी शाखा कार्यालयको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे । त्यसैगरी, उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका हुन् ।

आजदेखि सञ्चालनमा आएका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवम् व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।
प्रकाशित : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal