×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संखुवासभा र उदयपुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन, खतिवडा र कार्कीले गरे उद्घाटन

PRIME CA

संखुवासभा र उदयपुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन, खतिवडा र कार्कीले गरे उद्घाटन

अर्थ सरोकार

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार

उदयपुर

काठमाडौँ – प्रभु बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ मा खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ मा गाईघाट शाखा कार्यालय सञ्चालन गरेको छ । आइतवार ती शाखा कार्यालयबाट सेवा शुरु गरेको हो ।
खाँदवारी शाखा कार्यालयको खाँदवारी नरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा एक समारोहका बीच उद्घाटन गरेका हुन् । त्यसैगरी, गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका हुन् ।
खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्नसरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: