×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वीकृत भईसकेको ऋण निकाल्नसमेत घुस माग्ने वाणिज्य बैंकका कर्मचारी घुससहित पक्राउ !

PRIME CA
laxmi sunrise bank

स्वीकृत भईसकेको ऋण निकाल्नसमेत घुस माग्ने वाणिज्य बैंकका कर्मचारी घुससहित पक्राउ !

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार

 नबलपरासी
  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नबलपरासीका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बाणिज्य बैंकको बर्दघाट-सुस्ता पश्चिममा कार्यरत कनिष्ट सहायक अन्चल सुनारले सेवाग्राहीलाई दिने ऋणमा घुस लिएको अवस्थामा उनी पक्राउ परेका हुन् । बुटवलबाट गएको अख्तियारको टोलीले उनलाई रकमसहित पक्राउ गरेको हो ।
स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको बुटवलबाट गएको टोलीले निज सुनारलाई १० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: