×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय बैंकले रिपो बोलकबोल गर्दै, आजै ५ अर्ब रुपैयाँ बजारमा पठाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

केन्द्रीय बैंकले रिपो बोलकबोल गर्दै, आजै ५ अर्ब रुपैयाँ बजारमा पठाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (चैत १४ गते) ५ अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने भएको छ । बैंकले ७ दिनमा परिपक्व हुने गरी उक्त रिपो निष्काशन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले रिपो आज (बिहीबार) अपराह्न ३ बजे बोलकबोल हुने जनाएको छ । चैत्र २१ गते परिपक्व हुने यस रिपोको ब्याजदर ५% तोकिएको छ ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएपछि राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: