×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका थपलिया ‘सेयर काण्ड’मा मुछिएको खुलासा, न्यायिक छानविन हुँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका थपलिया ‘सेयर काण्ड’मा मुछिएको खुलासा, न्यायिक छानविन हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – संवैधानिक परिषदको सोमबारको बैठकबाट प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया सिफारिस गरिएका छन् । उनको सिफारिस भएसँगै विभिन्न चर्चा परिचर्चा पनि चल्न थालेको छ । ती चर्चाहरुमध्ये निकै पेचिलो बनेको प्रकरण हो बिराटनगर जुटमिलको सेयर काण्ड । यहि सेयर काण्डमा अहिले थपलिया न्यायिक छानबिनमा छन् । उनले २ बर्षअघि बिराटनगर जुट मिलको सरकारी सेयर खरिद गरेको बिषयमा विवाद उत्पन्न भएपछि अहिले सो प्रकरणमा न्यायिक छानविन भइरहेको छ । 
के हो थपलिया मुछिएको सेयर काण्ड ?
सचिव थपलियाले बिराटनगर जुटमिलको सरकारका नाममा रहेको सेयर गैरकानुनी रुपमा खरिद गरेका थिए । उक्त सेयर गैरकानुनी रुपमा खरिद गरेको विषयमा विवाद भएपछि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७५ फागुन २७ गते उच्च अदालत बिराटनगरका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग बनाएको छ । 
छानविनका लागि बनेको उक्त आयोगमा अर्थमन्त्रालय, महालेखा परीक्षक कार्यालयका प्रतिनिधि र विज्ञका रुपमा जनक बराललाई तोकिएको छ । सदस्य सचिवका रुपमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारीलाई राख्न प्रस्ताव गरिएको छ । उक्त आयोगलाई ३ महिनाको समय दिइएको छ । सरकारी सेयर बिक्री गर्न कानून अनुसार पूरा गर्नुपर्ने कुनै पनि नियम पूरा नगरी सेयर खरिद- बिक्रीमा संलग्न रहेको भन्दै चौतर्फी विवाद उत्पन्न भएपछि उनी विवादमा तानिएका थिए । 
यता सचिव थपलियाले फिर्ता गरेको दाबी गर्दैआएका छन् । तर कम्पनी रजिष्टारको कार्यालयको तथ्यांक हेर्ने हो भने उक्त सेयर सरकारको नाममा फिर्ता भएको छैन । कम्पनीको सेयर लागतमा उनको नाम प्रष्ट देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: