एनआईसी एशिया बैंकको नयाँ शाखा सिराहाको नरहामा, गाउँपालिकाका अध्यक्ष यादवले गरे उद्घाटन

 सिराहा
काठमाडौँ - एनआईसी एशिया बैंक लि.को नरहा गाउँपालिका वडा नं ५, सिरहामा नयाँ शाखा कार्यालय खुलेको छ । आइतबार एक समारोहकाबीच शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो ।

उक्त शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष रामशरण यादवले गरेका थिए । सो अवसरमा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal