दाङमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा बिस्तार

 दाङ्ग
काठमाडौँ - अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको उद्घाटन भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि.का संचालक रामबहादुर गुरुङ्गले शाखा उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का दाङ्ग शाखा प्रमुख शिशिरकुमार लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समापन गर्दै सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
प्रकाशित मिति : Thursday, April 25, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal