डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर डिम्याट खातामै पठाउँदै, नपाउनेले के गर्ने ?

काठमाडौँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर सेयरधनीको हितग्राही खातामा पठाउन थालेको छ । पुस १६ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई १७.७०% बोनस सेयर जम्मा गरिएको बैंकले जनाएको छ । डिप्रोक्सले गत माघ ११ भएको वार्षिक साधारण सभाबाट पारित १०% बोनस सेयर खातामा जम्मा गरिदिएको हो । 

यता, हालसम्म भौतिक रुपमै सेयर धारण गरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गरे पश्चात खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ । बोनसपछि डिप्रोक्सको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुगेको छ । कम्पनीले माघ ११ गतेको साधारण सभाबाट सेयरधनीलाई १०% नै नगद लाभांश पनि दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति : Monday, April 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal