×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकले गर्यो ५.५% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देवः विकास बैंकले गर्यो ५.५% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

काठमाडौं – देवः विकास बैंकले ५.५% बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति २७२औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्त पुँजीको ५.५% बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न भने कुनै पनि नगद लाभांश दिएको छैन । यसर्थ, बोनसको कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । 
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८.३२ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी २ अर्ब ६७ करोड ३० लाख ३२ हजार ७६७.४७ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: