पत्रकार अर्जुन गिरीको रिहाईपछिको रौनक (फोटो फिचर)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - समाचार लेखेकै कारण साइबर क्राइमको मुद्धा खेपेका पोखराका पत्रकार अर्जुन गिरीलाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले गरेको बहसपछि यस्तो आदेश आएको हो ।

यसअघि प्रेस काउन्सिलका कर्मचारीको लापरवाहीका कारण पत्रिका दर्ता नभएको पत्र कोहि व्यक्ती विशेषलाई दिँदा त्यसलाई नै टेकेर विपिन बतासले पत्रकार गिरीविरुद्ध जाहेरी दिएका थिए । अदालतको आदेशपछि त्यहाँ उपस्थित पत्रकारहरुले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

'केही दिन दु:ख भए पनि अन्तत: सत्यको जित भएको छ । यो ऐतिहासिक नजिर बन्नेछ ।' अदालतमा उपस्थित मुद्धाका साक्षी पत्रकार सुरज प्याकुरेलले भने। 

रिहाईको आदेश लगत्तै पत्रकार गिरीले भने, `ठगी गर्नेहरुका विरुद्ध निरन्तर लेखिरहनेछु ।´ पत्रकार गिरीको रिहाईपछिको रौनक (फोटो फिचर)



प्रकाशित मिति : Thursday, April 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal