सिन्धुलीको माडी बजारमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार, शाखा सञ्जाल १३७ पुग्यो

 सिन्धुली
काठमाडौँ - ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय सञ्चालमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ ।

सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तरिकाले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान बैंकले जनाएको छ ।

बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १०वटा एक्सटेन्सन काउण्टर तथा १३१शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित मिति : Tuesday, April 30, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal