×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले १८% बोनस सेयर पठायो हितग्राही खातामा, नपाएकाले के गर्ने ?

PRIME CA

नेपाल इन्भेष्टमेन्ट बैंकले १८% बोनस सेयर पठायो हितग्राही खातामा, नपाएकाले के गर्ने ?

११ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले १८% बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस १० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको १८% बोनस खातामा जम्मा गरिएको हो । त्यसपछि भौतिक प्रमाणपत्र डिम्याट गर्नेहरुको पनि खातामै बोनस पठाउने काम भइरहेको बैंकले जनाएको छ ।
बैंकले अहिलेसम्म पनि सेयर अभौतिकीकरण नागरेको खातामा भने  अभौतिकीकरण गरेपछि मात्र खातामा सेयर जम्मा हुनेछ । यता, पुस १० गतेसम्म सेयर धितोबन्धक राखेर कर्जा लिएकाहरुले कर्जा फुकुवा भएपछि मात्र यस्ता सेयर खरिदबिक्री गर्न पाउनेछन् ।
लगानीकर्ताकै डिम्याट खातामा सेयर जम्मा भए पनि किनबेच गर्न नमिल्ने गरी रोक्का गरिनेछ । यता, विगत वर्षहरुमा वितरण गरेको लाभांश नलिएका लगानीकर्तालाई तत्काल बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा सम्पर्क गरेर लैजान समेत इन्भेष्टमेन्ट बैंकले आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: