×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको खुद नाफा १८.८५% ले वृद्धि, जगेडा कोषमा कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

लक्ष्मी लघुवित्तको खुद नाफा १८.८५% ले वृद्धि, जगेडा कोषमा कति ?

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १८.८५% ले वृद्धि गरेर ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष संस्थाले ६ करोड ६६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी २१.६७% ले वृद्धि गरेको छ। संस्थाले यस त्रैमासमा खुद ब्याज आम्दानी १७ करोड ६० लाख ९० हजार रुपैयाँबाट बढाएर २१ करोड ४२ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि १० करोड २४ लाख ४८ हजार रुपैयाँबाट बढाएर १२ करोड २५ लाख १ हजार रुपैयाँ पुर्याएको छ । 
संस्थाले १ अर्ब १८ करोड ३९ लाख ३३ हजा रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३७ करोड २ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ३७ लाख ५ हजार रुपैयाँ छ । 
संस्थाको खराब कर्जा १.३७% रहेको छ भने प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ३१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: