×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच सम्झौता, अब मलेसियाबाट ‘मेगा रेमीट’ मार्फत रकम पठाउन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच सम्झौता, अब मलेसियाबाट ‘मेगा रेमीट’ मार्फत रकम पठाउन सकिने

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ ।
मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ । ‘मेगा रेमीट’को सञ्जाललाई विश्वका बिभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: