×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिसन डेभलपमेन्ट बैंकले गर्यो प्रगति, खुद नाफा १५.०८% ले वृद्धि

PRIME CA

मिसन डेभलपमेन्ट बैंकले गर्यो प्रगति, खुद नाफा १५.०८% ले वृद्धि

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार

काठमाडौं – मिसन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६ करोड ४६ लाख ७० हजार रुपैयाँ रहेको छ । बैंकको खुद नाफा १५.०८% ले वृद्धि भएको छ । गत आर्थिक वर्ष बैंकले ५ करोड ६१ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २३.२४% र १५.०८% ले वृद्धि भएको छ। बैंकले खुद ब्याज आम्दानी १५ करोड ८२ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १० करोड १५ लाख ८० हजार रुपैयाँ छ ।
बैंकले ४ अर्ब ८८ करोड ६९ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३४ करोड ४४ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको  चुक्ता पुँजी ५७ करोड ६४ लाख १ हजार रुपैयाँ र रिजर्भ कोषमा १२ करोड ७ लाख १३ हजार रुपैयाँ छ । 
बैंकको खराब कर्जा ०.४३% रहेको छ । यता, मिसनले तिनाउ डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ । यी दुई बैंक गाभिएर प्रादेशिकस्तरको हुने भएका छन् । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा (वार्षिक) रहेको मिसनको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: