×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा विस्तार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा विस्तार

 राधेराधे

काठमाडौँ – एनआईसी एशिया बैंकले ३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुरमा १ गरि ३ नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको उद्घाटन सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठ चागुँनारायण नगरपालिका वडा नं २ दुवाकोट,भक्तपुर स्थित दुवाकोट शाखाको उद्घाटन सोहि वडाका वडा अध्यक्ष शिव हरि के.सी तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुर शाखाको उद्घाटन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले गरे ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना गाहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: