×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकको तेश्रो त्रैमास : खुद नाफा १६% ले वृद्धि गरि पुर्यायो १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेपाल एसबीआई बैंकको तेश्रो त्रैमास : खुद नाफा १६% ले वृद्धि गरि पुर्यायो १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ

काठमाडौं – नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा १६%ले बढाएर १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ३७ करोड ९७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १६.११% र ९.३३%  वृद्धि गरेको छ । गत वर्ष २ अर्ब ८९ करोड १३ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानीबाट बढाएर बैंकले अहिले ३ अर्ब ३५ करोड ७२ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि २ अर्ब २० करोड ३५ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले १ खर्ब ८ करोड ३४ लाख ४१ हजार ९२ करोड ३७ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ७९ कारेड ४३ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४७ करोड १३ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । यो गत वर्षको तुलनामा २०.७२% धेरै हो। 
बैंकको खराव कर्जा ०.१९% रहेको छ प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५६ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: