नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्ध सञ्चालकमा सुधिरकुमार श्रेष्ठ नियुक्त


काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध संचालकमा सुधिरकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको संचालक समितिको बैठकले रिक्त रहेको प्रबन्ध संचालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

नवनियुक्त श्रेष्ठले आगामी वैशाख १६ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । यसअघि संस्थाको प्रबन्ध संचालकमा मणिकुमार अज्र्याल रहेका थिए । उनले वैशाख १६ गतेदेखि लागू हुने गरी सो पदबाट राजिनामा दिने भएका छन् । अज्र्यालले राजिनामा दिएपछि रिक्त हुने उक्त पदमा श्रेष्ठले काम गर्ने कम्पनी सचीव ऋषिप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : Wednesday, April 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal