गोरखाको पालुङटारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

 पालुङटार
काठमाडौं - प्रभु बैंकको नयाँ शाखा पालुङटार विस्तार भएको छ । प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा ‘पालुङटार शाखा कार्यालय’ को उद्घाटन गरेको हो । 

पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न प्रभु बैंक सफल भएको छ । पालुङ्गटारमा प्रभु बैंक सञ्चालनमा आएपछि त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास रहेकाे जनाएकाे छ ।
प्रकाशित मिति : Friday, April 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal