×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको खुद नाफा १ करोड १४ लाख रुपैयाँ, अन्य सुचकको कस्तो छ अवस्था ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

साधना लघुवित्तको खुद नाफा १ करोड १४ लाख रुपैयाँ, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौँ – साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १ करोड १४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको यही अवधिमा भने संस्थाले २८ लाख रुपैयाँ नोक्सान व्यहोरनु परेको थियो ।
संस्थाको खुद व्याज आम्दानी २२ गुणाले बढेर ३ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन नाफा ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको कारण गर्दा खुद नाफा पनि बढेको देखिन्छ । 
यो तेश्रो त्रैमाससम्ममा संस्थाले १६ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड १४ लाख रुपैयाँ छुटाएको छ । संस्थाको जोखिमयुक्त सम्पत्ति ८.६% र निष्कृय कर्जा ०.०२% रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: