×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सार्वजनिक गर्यो ‘मेरो बचत खाता’, प्रत्येक खातामा बैंकले १ सय रुपैयाँ जम्मा गरिदिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सार्वजनिक गर्यो ‘मेरो बचत खाता’, प्रत्येक खातामा बैंकले १ सय रुपैयाँ जम्मा गरिदिने

काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गतेदेखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले रु.१ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । 
यस बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुर्याउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्षरुपमा आर्थिक कृयाकलापमा सहभागी बनाउने योजना अनुरुप कार्य गरिरहेको जानकारी बैंकले गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: