×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ५१.९७% ले वृद्धि

PRIME CA

वोमी माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ५१.९७% ले वृद्धि

६ बैशाख २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ५१.९७% ले वृद्धि गरेर  ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष  संस्थाको खुद नाफा २ करोड ९५ लाख १० हजार रुपैयाँ रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५१.७६% र ५६.३७% ले वृद्धि भएको छ । गत आवको यसै त्रैमासमा ५ करोड ९४ लाख ८७ हजार रहेको खुद ब्याज आम्दानी यो त्रैमासमा ९ करोड २ लाख ७९ हजार पुगेको हो । त्यस्तै गरि सञ्चालन नाफा पनि  ४ करोड ५० लाख ७० हजार रुपैयाँबाट बढेर ७ करोड ४ लाख ७८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ। 
यो तेश्रो त्रैमासमा संस्थाले ५६ करोड २३ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६७ करोड २६ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ४१ लाख ४२ हजार रुपैयाँ रहेको छ । ।
संस्थाको खराब कर्जा ०.७०% रहेको छ भने प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ १३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: