×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड फाइनान्समा सीइओको करार, जिल्ला र उच्च अदालतमा अजय मिश्र फरार… (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

युनाइटेड फाइनान्समा सीइओको करार, जिल्ला र उच्च अदालतमा अजय मिश्र फरार… (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – किर्ते प्रकरणमा प्रहरीको वान्टेड सूचीमा रहेका अजय कुमार मिश्र अदालतमा फरार सूचीमा छन् । तर उनी युनाइटेड फाइनान्समा भने उनी सीइओको जागिर खाएर बधाईको फूल र खादा ओडीरहेका छन् । युनाइटेड फाइनान्स लिमिटेडका सीईओ अजयकुमार मिश्र जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनका फरार अभियुक्त हुन् । जनता बैङ्क (तत्कालीन सिद्धार्थ डेभलमेन्ट बैङ्क)का सीईओ मिश्रलाई युनाइटेड फाइनान्स लिमिटेडले केही दिनअघि मात्र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको हो ।
दुई अदालतबाट फरार मिश्रलाई युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकले वैशाख ६ गतेबाट लागू हुनेगरी नियुक्त गरेको थियो । प्रहरीले मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको वाणिज्य इजलासमा बैङ्किङ कसुरमा मुद्दा दायर गरेको हो । जनता बैङ्कसँग गाभिनुअघि मिश्रले तत्कालीन सिद्धार्थ डेभलेमेन्ट बैङ्कबाट हुँदै नभएको जग्गा धितोमा राखी २ करोड कर्जा प्रवाह गरेका थिए । काठमाडौंको तीनकुनेमा रहेको बैङ्कको शाखाबाट कृष्ण चौधरीका नाममा उक्त कर्जा प्रवाह गरेका थिए ।
तीनकुने शाखा प्रमुख गीता शर्मा सुवेदी, नक्कली जग्गाको मूल्याङ्कन गर्ने सञ्जय दुधानी, कर्जा शाखाकी अनुजा डङ्गोल, लीलावती चौलागाईं र कर्जा समितिमा रहेका सीईओ अजयकुमार मिश्र, सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठी मिलेर काठमाडौं इचङ्बुनारायण १ मा कित्ता नम्बर १६७, १६९, १८८८ र १८९को भीरमा रहेको अर्के व्यक्तिको जग्गालाई कृष्ण चौधरीको नाममा नक्कली कागजपत्र बनाएर उक्त कर्जा प्रवाह गरिएको थियो ।
सीईओ मिश्र र तीनकुने शाखा प्रमुख गीता मिलेर योजनाबद्ध रुपमा बैङ्कलाई हानि पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विगतका कागजहरु पल्टाएर हेर्दा उनीहरुले बैङ्कलाई नोक्सानी पुर्याएको खुलेपछि जनता बैङ्कले महानगरीय प्रहरी परिसर काठमाडौंमा छानबिनका लागि निवेदन दिएको थियो । त्यसपछि प्रहरीले वडा कार्यालयदेखि मालपोतहुँदै नापी कार्यालयसम्म पुगेर अनुसन्धान गर्दा उनीहरुले सबै कागजपत्रहरु नक्कली बनाएर ऋण निकासा गरेको खुलेको हो ।
प्रहरीले ऋणी चौधरीबाहेक सीईओ मिश्र, शाखा प्रमुख गीता शर्मा सुवेदीलगायतलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । फरार सूचीमा रहेका उनी फाइनान्सको जागिर खाइरहंदा पनि प्रहरी मुकदर्शक बन्नुले कानुनकै धज्जी उडाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: