ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको बर्दिवासमा विस्तार, कति पुग्यो शाखा संख्या ?

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार बर्दिवास शाखा कार्यालय थप भए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ ।

महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित : Thursday, April 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal