यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआइसी एसिया बैंकका कर्मचारी ३ लाख धरौटीमा रिहा !

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा- यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका एनआइसी एसिया बैंकका कर्मचारी रिहा भएका छन् । बैंकको पस्र्याङ शाखा प्रबन्धक सुवास सुवेदी ३ लाख धरौटीमा रिहा भएका छन् ।

थुनछेक बहसपछि जिल्ला अदालत कास्कीले सुवेदीलाई ३ लाख रुपैयाँ धरौटीमा छाडेको हो । जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सुवेदीलाई मुलुकि अपराध संहिता दफा २२५ को ३ अनुसार ३ वर्षसम्म कैद र ३० हजार जरिवाना मागदाबी गरिएको थियो ।
प्रकाशित मिति : Sunday, April 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal