नेपाल बन्द अपडेट : एएम र पीएममा झुक्किंदा पड्कियो बम, पड्किएको बमले बनाउनेलाई नै मार्यो !


काठमाडौँ । सोमबार बन्द सफल पार्न झिसमिसेमै विष्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ४ः१५ मा विष्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विष्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकै पटक विष्फोट भएको थियो ।

वमको पड्किने टाइम एएम र पिएममा झुक्किदा चार जनाको ज्यान गएको छ । राजधानीका थप चार ठाउँमा बम भेटिएका छन । नयाँ पत्रिका दैनिकबाट
प्रकाशित मिति : Monday, May 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal