×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सको खुद नाफा २८.३७% घट्यो, यस्तो छ अन्य सूचकको अवस्था

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सेन्ट्रल फाइनान्सको खुद नाफा २८.३७% घट्यो, यस्तो छ अन्य सूचकको अवस्था

काठमाडौं – सेन्ट्रल फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३ करोड २४ लाख ८७ हजार आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा २८.३७% ले कम हो ।  गत वर्षको यसै अवधिमा भने सेन्ट्रलले ४ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ३९.५४% ले बढेर ११ करोड ९७ लाख ५१ हजार पुगेको छ । गत वर्ष ८ करोड ५८ लाख १६ हजार खुद ब्याज आम्दानी कमाएको थियो। कम्पनीको सञ्चालक नाफा भने १८.६५%ले घटेको छ । सञ्चालन नाफा गत वर्ष भन्दा १८.६५% ले कम भएर ४ करोड ८८ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानीमा बढेको देखिए पनि सञ्चालन नाफा भने घटेको छ जसले गर्दा खुद नाफा पनि घटेको देखिन्छ। 
कम्पनीको निक्षेप ३ अर्ब २६ करोड १९ लाख ९२ हजार रुपैयाँ संकलन गरी कर्जा ३ अर्ब ४ करोड ५० लाख ६७ हजार रुपैयाँ रुपैयाँ प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ८२ करोड ३३ लाख ९८ हजार रहेको छ भने जगेडा कोषमा १४ करोड ३३ लाख १९ हजार रुपैयाँमा आएको छ
बैंकको खराब कर्जा ३.१६% रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ४१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: