सेन्चुरी कमर्सियल बैंकको खुद नाफा ९.०६% घट्नुमा के छ कारण ?


काठमाडौं - सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ६१ करोड ६ लाख ७१ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ९.०६% ले घटेको छ । गत वर्ष यसै अवधिमा बैंकले ६७ करोड १५ लाख २६ हजार खुद नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी ४५.२६% ले बढेर १ अर्व ९७ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३५ करोड ७३ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । यता, सञ्चालन नाफा भने ६.७५% ले घटेको छ । गत वर्ष ९३ करोड ६६ लाख ४४ हजार रहेको सञ्चालन नाफा तो त्रैमाससम्म आइपुग्दा ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँमा सिमित रहेको छ ।

बैंकले ५७ अर्ब ८२ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ३९ करोड ९३ लाख ६४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब १८ करोड २८ लाख १३ हजार रुपैयाँ छ । 

यता, बैंकको खराब कर्जा पनि ०.७६% बाट बढेर १.५३% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ १० पैसाबाट घटेर ९ रुपैयाँ ८७ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ८६ पैसा छ ।
प्रकाशित मिति : Monday, May 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal