×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले ४.०५% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो, नपाएकाले के गर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकले ४.०५% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो, नपाएकाले के गर्ने ?

काठमाडौं – सिभिल बैंकले आफ्नो सेयरधनीको खातामा ४.०५% नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले वैशाख ९ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको नगद लाभांश खातामै पठाइदिएको हो । वैशाख ९ गतेपछि डिम्याट गराएका लगानीकर्ताको नगद पनि क्रमशः खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: