सिभिल बैंकको नयाँ शाखा झापाको अर्जूनधारामा, मेयर हरिकुमार राना मगरद्वारा उद्घाटन

 झापा
काठमाडौँ - सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा सञ्चालन गरेको छ । सो शाखाको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले उद्घाटन गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर राना मगरद्वारा “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुलाई स्कुल पोशाक समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्व उद्योगी, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सिभिल बैंकको अर्जूनधारा शाखासहित कूल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।
प्रकाशित मिति : Friday, May 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal