जनता बैंकको 'सिएसआर', भरतपुर आँखा अस्पताललाई २० थान थ्रीसिटर कुर्सी हस्तान्तरण



काठमाडौं - जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर आँखा अस्पताल चितवनलाई २ लाख ६० हजार बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा सञ्चालित गैर नाफामुलक अस्पताल हो । यस अस्पतालले चितवन लगाएत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ ।

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५ सय विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।
प्रकाशित मिति : Wednesday, May 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal