×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि र नबिल बैंक लि.बीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंक लिमिटेडका शाखाहरु मार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बैंकका बैक्यासुरेन्स बिभागका प्रमुख प्रविण खनाल र इन्स्योरेन्समा ठमेल शाखा प्रमुख सुबोध ढुंगेलको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: