×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको २८औं शाखारहित बैंकिङ सेवा महोत्तरीको रघुनाथपुरमा

PRIME CA

एनआईसी एशिया बैंकको २८औं शाखारहित बैंकिङ सेवा महोत्तरीको रघुनाथपुरमा

अर्थ सरोकार

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार

 महोत्तरी

काठमाडौँ – एनआईसी एशिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । 
बैंकले सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको समुद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको छ ।
एनआईसी एशिया बैंकको मुलुकभर २८३ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: