×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजि इन्स्योरेन्सको खुद नाफा १५ करोड ३४ लाख ३० हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

एनएलजि इन्स्योरेन्सको खुद नाफा १५ करोड ३४ लाख ३० हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – एनएलजि इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १५ करोड ३४ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको तुलनामा १.५९% ले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनी यसले १५ करोड १० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीको बिमा शुल्क ३.५९% ले घटेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ५५ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेमा एस त्रैमासमा घटेर ५३ करोड ६० लाख ५५ हजार रुपैयाँमा सिमित रहेको छ । कम्पनीको बिमा कोषको आकार भने केहि बढेको छ। कम्पनीको बिमा कोषको आकार १९.३८% ले बढेर ७८ करोड ४१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ६५ करोड ६८ लाख ५० हजार रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको ९ महिना सम्म आइपुग्दा यसले ३२ करोड ९७ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ८७ करोड ९७ लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८७ लाख ४१ हजार रुपैयाँ जम्मा भएको छ ।

 साथै, कम्पनीको महाविपत्ति जगेडामा ५ करोड ४६ लाख १ हजार रुपैयाँ छ । गत वर्ष महाविपत्ति जगेडामा ४ करोड २१ लाख ८१ हजार रुपैयाँ थियो ।  कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ०१ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा रहेको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: