×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्तको खुद नाफा ८३ लाख २६ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नयाँ नेपाल लघुवित्तको खुद नाफा ८३ लाख २६ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ८३ लाख २६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा संस्थाले २ लाख ३६ हजार रुपैयाँ मात्र आर्जन गरेका थियो । 
संस्थाको खुद ब्याज आम्दानी १११.२५% ले बढेर २ करोड ६८ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड २६ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, संस्थाको सञ्चालन नाफा पनि बढेर ८५ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो लघुवित्त ५ लाख ६९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यो तेस्रो त्रैमाससम्म संस्थाले ११ करोड ७४ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६१ करोड ९९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाले यस अवधिमा जगेडा कोष ९८.२६% ले बढाएर ३ करोड ३ लाख ३० हजार रुपैयाँ पुर्याएको छ ।
संस्थाले खराब कर्जा १.९६% रहेको छ भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९ पैसाले बढेर १३ रुपैयाँ २१ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३१ पैसा छ । त्यस्तै, यस अवधिमा प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ११ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: