नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई १००ः३३ स्वाप रेसियोमा एक्वायर गर्ने


काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गर्ने भएको छ । बैंकले फाइनान्सलाई १००ः३३ सेयर स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो । फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले संयुक्त मर्जर कमिटिको सिफारिसलाई आधार मानेर उक्त स्वाप रेसियो अनुमोदन गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिन लागेको जेबिल्स फाइनान्सका सेयरधनीले आफ्नो सेयर संख्यामा आधा भन्दा बढी अर्थात ६७ प्रतिशत घुमाउने भएका छन् । एक्वायरपछि जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्टको ३३ कित्ता पाउने भएका छन् । एक्विजिसन प्रक्रियामा रहेकाले हाल जेबिल्सको सेयर कारोबार रोक्का रहेको छ । नेप्सेमा फागुन २८ गतेदेखि जेबिल्सको सेयर कारोबार रोकिएको हो ।
प्रकाशित मिति : Monday, May 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal