×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ६ अर्बको ऋणपत्र जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले ६ अर्बको ऋणपत्र जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ६ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘विकास ऋणपत्र २०८७ ख’ नामक ऋणपत्र बिक्रि गर्न लागेको हो । यस ऋणपत्रमा ११ वर्ष अवधि तोकिएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यो ऋणपत्र मंगलबार दिउँसो ३ बजे बोलकबोल गरी बुधबार जारी हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ, बीमा समिति, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । ऋणपत्रको अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजमा आयकर लाग्ने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: