ओम डेभलपमेन्ट बैंकले १२.७०% बोनस प्रस्ताव खारेज, साधारणसभाको तयारी

काठमाडौं - ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १२.७०% बोनस शेयर खारेज गर्ने भएको छ । एनएमबि बैंकसँग मर्जरमा जान लागेको ओमले बोनस शेयर खारेज गर्दै बिना लाभांशको साधारणसभा बोलाउन नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृति माग गरेको छ ।

एनएमबि बैंकसँगको मर्जरपछि एकीकृत साधारणसभा बोलाई दुवै बैंकका शेयरधनीलाई २०७५/७६ को समेत लाभांश वितरण गर्ने सहमतिअनुसार प्रस्तावित लाभांश निदिने निर्णय गरेको हो ।
प्रकाशित मिति : Sunday, May 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal