अछामको साँफेबगरमा प्रभु बैंकको शाखा विस्तार, नगर प्रमुख कुलबहादुर कुँवरद्वारा उद्घाटन

अछाम
काठमाडौँ - प्रभु बैंक लि.ले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा शुक्रबारदेखि शाखा कार्यालय सञ्चालन गरेको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले एक समारोहकाबीच शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ अछामका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : Friday, May 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal