×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा सरसफाइमा कोकाकोलाको साथ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सगरमाथा सरसफाइमा कोकाकोलाको साथ

काठमाडौं– चर्चित पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि. सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउन अभियानको सुरुवात गरेको छ ।
‘क्लिन आवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाइराख्ने लक्ष्य कोकाकोलाले लिएको छ ।
अभियानका क्रममा पर्यटन विभागका सामान्य निर्देशक डन्डुराज घिमिरे, खुम्बु पासाङ ल्हामु गाउँपालिकाका मेयर निम दोर्जी शेर्पा, पर्वतारोहण संघका अध्यक्ष शान्त वीर लामा, सगरमाथा प्रदुषण नियन्त्रण संस्थाका सभापति आङ दोर्जी शेर्पाले नेपालका विभिन्न सरकारी र गैरसरकारी संघसंस्था, निजी संस्था तथा पर्यटन विभागका स्टेकहोल्डरहरू मिलेरसगरमाथाको सरसफाई अभियान गर्न लागेको यो पहिलो पटक भएको भन्दै यसले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । 
यसैगरी कोकाकोला भारत र पश्चिम एसियाको सार्वजनिक मामला, संचार र स्थिरता आयोगका उपाध्यक्ष इश्तेयाक अम्जदले भने, ‘यस अभियानमा सहभागी हुन पाएकोमा हामी आभारी छौं, र यस साझेदारिको लागि नेपाली सेना, नेपाल सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि. लाई धन्यवाद भन्न चाहन्छौँ । कोकाकोलामा हामी फोहोरमुक्त विश्व निर्माण गर्नका लागि आवश्यक हरेक कदम चाल्नका लागि सदैव तत्पर भएर लागेका छौं, र यो सबै सामुहिक प्रयासबाट मात्रा सम्भव छ भन्ने पनि हामीले बुझेका छौं । यस अभियान मार्फत सगरमाथाबाट फोहोर उठाउनुका साथै यसले भविष्यमा हिमालहरूलाई सफा राख्न पनि सबैलाई उत्प्रेरित गरोस् भन्ने हामीले लक्ष्य लिएका छौँ ।“
यस्तै बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक प्रदिप पाण्डेले यस अभियानको एक हिस्सा बन्न पाएको खुसी लागेको बताए । अभियानको सहयोगमा रहेका अन्य स्टेकहोल्डरहरूमा बोटलर्स नेपाल लिमिटेड, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयस पर्यटन विभाग, वनजंगल तथा वातावरण मन्त्रालय, वातावरण विभाग, प्रदेश नं १ को उद्योग, पर्यटन, वनजंगल तथा वातावरण मन्त्रालयस नेपाली सेना, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुन्ज, बफर जोन व्यवस्थापन समिती, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, सगरमाथा प्रदुषण नियन्त्रण संस्था, डब्लु. डब्लु. एफ् नेपाल, नेपाल भ्रमण बर्ष २०२०, नबिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, तारा एयर र सोनम गियर रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: