×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसानको खुद नाफा २४.२६% ले वृद्धि, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

साना किसानको खुद नाफा २४.२६% ले वृद्धि, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २४.२६% ले खुद नाफा वृद्धि गरेको छ । संस्थाको खुद नाफा २७ करोड ८४ लाख ४१ हजार रुपैयाँबाट बढेर ३४ करोड ५९ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । संस्थाको खुद ब्याज आम्दानी २२.८३% ले बढेर ६५ करोड ४० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यसको खुद ब्याज आम्दानी ५३ करोड २४ लाख ९२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै गरि, सञ्चालन नाफा ४२ करोड ५७ लाख ११ हजार रुपैयाँबाट बढेर ५४ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । यो नाफा गत बर्सको तुलनामा २७.६१% ले धेरै हो। 
संस्थाले १६ अर्ब ४६ रोड ५० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १९ अर्ब ७ करोड ६९ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको छ भने १ अर्ब ५२ करोड ९२ लाख ७० हजार रुपैयाँ जम्मा गरेको छ । जगेडा कोषमा गत वर्षको तुलनामा २१.७१% ले बढी हो ।
संस्थाको खराब कर्जा ०.१५% रहेको छ  र प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: