×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्तले गर्यो प्रगति, खुद नाफा ८३.१९% ले वृद्धि हुँदा यस्तो छ अन्य सुचकको विवरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सूर्योदय लघुवित्तले गर्यो प्रगति, खुद नाफा ८३.१९% ले वृद्धि हुँदा यस्तो छ अन्य सुचकको विवरण

काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २ करोड ६५ लाख १५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ८३.१९% ले धेरै हो । गत वर्ष संस्थाले १ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
सूर्योदयको खुद ब्याज आम्दानी ६६.७७% ले बढेर ७ करोड ३३ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ४ करोड ३९ लाख ९० हजार रुपेयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ३ करोड ६२ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा पनि ५९.५३% ले धेरै हो । 
यो तेश्रो त्रैमाससम्ममा संस्थाले ५४ करोड २३ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ३२ करोड ३५ हजार रुपेयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ९९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा ४६.२६% ले बढेको हो । 
यता, संस्थाको खराव कर्जा १.१७% रहेको छ भने प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ भने १६४ रुपैयाँ ८२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: