×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बन्द अपडेट : विप्लवका कार्यकर्ताले एकाविहानै जलाए ट्रक, राजमार्ग ठप्प !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल बन्द अपडेट : विप्लवका कार्यकर्ताले एकाविहानै जलाए ट्रक, राजमार्ग ठप्प !

हेटौडा । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव विहानदेखि देखिन थालेको छ । बन्दलाई लक्षित गरेर थाहा नगरपालिका वडानम्बर १ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले जानकारी दिएका छन् । 
यसैबीच त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । 
बन्दको अघिल्लो दिन काठमाडौँमा सृंखलाबद्ध विस्फोट भएका थिए । बन्दका कारण राजमार्गहरु ठप्प भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: