वेष्टर्न डेभलपमेन्ट बैंकको खुद नाफा १८.९०%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं - वेष्टर्न डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १८.९०%ले वृद्धि गरी ७ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा बैंकले ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी १५.०५%ले बढेर १३ करोड १९ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११ करोड ४७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै गरी, सञ्चालन नाफा पनि १८.९०% ले वृद्धि भएको छ ।संस्थाको सञ्चालन नाफा ९ करोड ७३ लाख ३१ हजार रुपैयाँबाट बढेर  बढाएर ११ करोड ५७ लाख ३४ हजार पुर्याउन सफल भएको छ ।

यो चैत मसान्तसम्मम बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड १७ लाख ४८ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा भने खे सुधार भएको छ । बैंकको खराब कर्जा १.६७% बाट घटेर ०.७५% आएको हो । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ ।
प्रकाशित मिति : Wednesday, May 08, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal