×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय लुटेरामाथि नेपाल प्रहरीले चलायो गोली !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

भारतीय लुटेरामाथि नेपाल प्रहरीले चलायो गोली !

जनकपुर । २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले डाँका गर्न आएको एक समूहमाथि गोली प्रहार गरेको छ । जनकपुर उपमहानगरपालिका विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ नेपाल आएको भारतीय लुटेरा समूहमाथि प्रहरीले गोली प्रहार गरेको हो । 
२ नम्बर प्रदेश प्रहरी कार्यालय टोलीले भारत समस्तीपुरबाट डकैती गर्न आएको ७ जनाको समूहमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले घटनास्थलबाट लोड गरिएको गरिएको सिक्सर १ थान, पेस्तोल १ थान, ६ राउण्ड लोड गरिएको गोली, र एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको छ ।प्रहरीका अनुसार एकजना डाँकाको खुट्टामा गोली लागेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: