×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपेन्द्र यादवको अन्तर्वार्ता लिने एभिन्यूजका पत्रकारलाई ९८५१००५१८० नम्बरबाट आयो ज्यान मार्ने धम्की !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

उपेन्द्र यादवको अन्तर्वार्ता लिने एभिन्यूजका पत्रकारलाई ९८५१००५१८० नम्बरबाट आयो ज्यान मार्ने धम्की !

काठमाडौँ- एभिन्यूज खबरको कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई समाजवादी पार्टी नेपालका कार्यकर्ताले ज्यानमार्ने धम्की दिएका छन् । उनलाई ९८५१००५१८० बाट ज्यान मार्ने धम्की आएको हो । यता वीरगञ्जस्थित व्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । एभिन्यूज खबर टेलिभिजनमा आइतवार साँझ प्रसारित स्वास्थ्यमन्त्री यादवको अन्तर्वार्तालाई लिएर आक्रोश पोख्दै टेलिभिजनको कार्यालयमा तोडफोड भएको हो ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एभिन्युज टेलिभिजनका पत्रकार सुशिल पाण्डेलाई प्रश्न सोध्ने तरिका सिक्नुस् भन्दै अन्तवार्ता चलिरहेकै बेला माइक फालेर बाहिरिएका थिए । पत्रकार पाण्डेले तपाईको नवगठित समाजवादी पार्टी नेपलले जनतालाई के दिन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा यादवले उल्टै तपाईको मिडियाले चाँहि जनतालाई के दिन्छ भन्दै प्रतिप्रश्न गरेका थिए । पत्रकार पाण्डेलाई प्रश्न सोध्ने तरिका सिक्नुस् भन्दै यादव माइक नै फालेर बाहिरिएका थिए ।
हेर्नुहोस् यस्तो थियो अन्तर्वार्ता  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: