×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्धभूमि हाइड्रोपावरको १२ लाख कित्ता आइपिओ आउने, कति छ रेटिङ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

बुद्धभूमि हाइड्रोपावरको १२ लाख कित्ता आइपिओ आउने, कति छ रेटिङ ?

काठमाडौं – बुद्धभूमि हाइड्रोपावर कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले यस आइपिओको क्रेडिट रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।
कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । हाल यस हाइड्रोपावर आयोजनाको कुल लागत ९८ करोड ३६ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत भने १९ करोड ७० लाख रुपैयाँ छ । यसले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ । 
नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । बुद्धभूमि हाइड्रोपावर लिमिटेड सन् २००७ मा स्थापना भएको कम्पनी हो । हाल सम्म यसको ६०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: