सुनको भाउ अहिलेसम्मकै उच्च, दिनमै हजारले बढ्यो

काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । यो सुनको वृद्धि अहिलेसम्म कै उच्च वृद्धि रहेको छ । बिहिबार प्रति तोला ६४ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला ६५ हजार मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Friday, June 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal