हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ६५ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ६५ हजार मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, June 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal